भेटेरिनरी डाक्टरहरूद्वारा पशु स्वास्थ्य सेवा विधेयक सच्याउन माग


 

काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ त्रुटिपूर्ण रहेको भन्दै सच्याउन माग गरेका छन् ।

एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै स्नातक भेटेरिनरी डाक्टर र ३० महिना डिप्लोमा गरेका चिकित्सकीय काम, कर्तव्य र अधिकारमा विधेयकमा एकै खालको रहेकोमा आपत्ति जनाएको छ । उक्त पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ सच्याउन माग गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा। सितलकाजी श्रेष्ठले भेटेरिनरी डाक्टर र पशु प्राविधिकहरूलाई समान अधिकार दिने उक्त विधेयक विभेदपूर्ण एवं एकपक्षीय, रहेको आरोप लगाए । उक्त विधेयक तुरन्त सच्याउन सरकारसँग माग गर्दछु  श्रेष्ठले भने ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल भेटेरिनरी एसोसिएसन, #पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com