मुख्यसचिवदेखि गृहसचिवसम्मलाई कोभिड संक्रमण


काठमाडौं । सिंहदरबारका भीआईपीहरुमा धमाधम कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिन थालेको छ ।

एक सातामा मात्रै ४ विशिष्टसहित दर्जन बढी सिंहदरबारका भीआईपीहरुलाई कोभिड पोजेटिभ भएको हो । कोभिड संक्रमित भएपछि उनीहरू कार्यालय आउन छाडेका हुन् ।

कोभिड-१९ संक्रमित हुनेमा मुख्यसचिव शंकरदास बैरागी खनालदेखि गृहसचिव टेक नारायण पाण्डेसम्म रहेका छन् । पर्यटन मन्त्रालय सरुवा गरिएको भनेर चर्चा गरिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी त कोभिडका कारण एकहप्ता अगाडिदेखि नै अस्पताल भर्ना भएका छन् ।

मुख्य सचिव बैरागी शुक्रबारदेखि होम आईसोलेसनमा बसेका छन् । अर्थ मन्त्रालयबाट हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका सचिव मधुकुमार मरासिनी पनि कोभिड-१९ संक्रमित भएका छन् । सिंहदरबारमा एकपछि अर्को भीआईपीलाई कोभिड देखिन थालेपछि चहलपहल घटेको छ ।

सिंहदरबार अहिले कोभिड-१९ को ‘रेड जोन’मा परेको छ । यही रफ्तारमा सिंहदरबार कोभिड-१९ को संक्रमण फैलिने हो भने प्रधानमन्त्री शेरबहादुर देउवा समेत संक्रमित हुन सक्ने अधिकारीहरू बताउँछन् । सिंहदरबारमा भुसको आगोझैं कोभिड फैलिरहेको आँकलन गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## कोभिड-१९ पोजेटिभ, #गृहसचिव टेक नारायण पाण्डे, #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #भीआईपी, #मुख्यसचिव शंकरदास बैरागी खनाल, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, #सिंहदरबार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com