तक्माका लागि सिफारिस स्वास्थ्यका पात्र

चिल्ला कुर्सीमा बस्नेले पदक पाए-चिप्ला पहाडमा खट्ने हेरेकाे हेरै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तर्फबाट यस वर्षकाे तक्माका लागि स्वास्थ्य मन्त्रीकाे पिएदेखि प्रशासनको चिल्ला घुम्ने कुर्सीमा बस्ने र मन्त्रीका आसेपासे सिफारिस भएका छन् ।

वर्षभर उल्लेख काम गरेका मध्येबाट तक्माका लागि सिफारिस हुनुपर्नेमा भनसुनवालाले पाएका छन् । जसले गर्दा दिनरात घरपरिवार नभनी, घामपानी नभनी चिप्ला पहाडमा आफ्नाे ज्यान हत्केलामा राखी काम गरेका स्वास्थ्यकर्मी भने हेरेकाे हेरै भएका छन् ।

कतिसम्म भने स्वास्थ्यमन्त्रीकाे निजी सचिवमा कार्यरत भक्त खड्कादेखि सिफारिसकर्ता सहसचिव मदन भुजेलले पदकका लागि आफ्नै नाम सिफारिस गरेर पठाएको गृह मन्त्रालयबाट स्वास्थ्य लाइभलाई प्राप्त विवरणमा देखिन्छ । सिफारिस भएका अधिकांश नाम हेर्दा “आफ्नै हात जगन्नाथ” भनेझै मन्त्रीका आसेपासे र सिफारिस गर्न चिल्ला कुर्सीमा बसेका हाकिमहरुकाे नाम परेकाे  छ ।

पदककै लागी र्याल काडेर चिल्ला कुर्सीमा बस्दा फिल्डमा जसले काम गरेका छन् । जाे  पदकका लागि उपयुक्त छन् उनीहरुकाे अपमान भएकाे छ ।

खाेप बाेकेर हिलाेमा हिडिरहेकी स्वास्थकर्मी

संविधान दिवसको अवसर पारेर सरकारले हरेक वर्ष राष्ट्रपतिबाट विभिन्न क्षेत्रमा याेगदान पुर्याउने व्यक्तिलाइ विभूषित गर्दै आएकाे छ ।  अघिल्लो वर्ष काेभिडका कारण स्वास्थ्यले १३७ जनाकाे नाम पठाएको थियाे । तर, यस वर्ष भने जम्मा ९ जनाकाे मात्रै नाम पठाएको  पाइएको छ ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले आफू सरुवा हुनुभन्दा केही दिन अगाडि मात्रै १३७ जनाको नाम विभूषितका लागि सिफारीस गरेका थिए । उनले सिफारिस गरेका नामहरु धेरै जसो पहुँचका आधारमा भएका थिए ।

अर्यालको पालामा स्वास्थ्य क्षेत्रका आईएनजिओ माफिया डा. सुशील बरालदेखि उनीसँगको सेटिङमा सरकारी अस्पतालहरूमा अक्सिजन ट्यांक आपूर्त  गर्ने शंकर अग्रवालसम्मको नाम परेको थियो । यो पटक पनि फिल्डमा ज्यान दिएर खट्ने स्वास्थ्यकर्मीभन्दा मन्त्रीको वरिपरि घुम्नेहरू पदकका लागि छानिएका हुन् ।

यि हुन् पदकका लागि सिफारिस भएका व्यक्ति

➡️स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, मदन भुजेल

➡️परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक, अमिरबाबु श्रेष्ठ
➡️भरतपुर अस्पतालका फिजिसियन, डा. प्रमोद पौडेल

➡️सार्क क्षयरोग केन्द्रका,  दिपक दाहाल

➡️स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङका निजी सचिव, भक्त खड्का

➡️स्वास्थ्य सेवा विभागका मेडिकल अधिकृत, निरञ्जन पन्त

➡️कोशी अस्पतालका सातौं तहकी नर्सिङ अधिकृत, रम्बा सुब्बा
➡️तेह्रथुम जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट, देउकुमार राई

➡️पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यालय सहयोगी, भोलानाथ शर्मा


क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##तक्मा सिफारिस

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com