नर्भिकको अवैध संरचना भत्काउन रोक लगाउने रिट पेशीको अन्तिममा


काठमाडौं । काठमाडौं महानगरपालिकालाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अवैध संरचना भत्काउन रोक लगाउने रिट संयुक्त इजलाशको पेशी सूचीको अन्तिममा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा परेको उक्त रिट पेशी सूचीको अन्तिम ३२ औं नम्बरमा राखिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको आदेश अनुसार साउन २३ गते नर्भिक अस्पतालले सम्झौताविपरीत र नक्सापास बेगर बनाएको अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिइएको थियो । उक्त आदेशविपरीत नर्भिक सर्वोच्च अदालतल गएको हो । सर्वोच्चबाट तत्काल उक्त संरचना नहटाउन काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । उक्त आदेश खारेज गर्ने विषयमा पेशी सूचीमा चढेको रिट ‘हेर्न नभ्याउने’ गरी अन्तिममा राखिएको छ ।

काठमाडौं महानगरपालिकापालिकालाई झिकाइएको र अल्पकालीन आदेश जारी भएको रिट अन्तिममा राख्नुले नर्भिकको पक्षमा आएको आदेश सुनवाई नभई लम्बिने सम्भावना छ । यस्ता रिटलाई अग्राधिकार दिएर पेशी सूचीमा राख्नु पर्नेमा सर्वोच्चले अन्तिममा राखिदिएको हो । ३२ नम्बरमा रहेको रिट हेर्न नभ्याउने सूचीमा पर्ने उच्च सम्भावना रहन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com