फोहोरमा राजनीति गर्नेविरुद्ध जनता जागे


काठमाडौं ।  फोहोरमा राजनीति गर्नेविरुद्ध जनता जागेका छन् । काठमाडौं महानगरपालिकालगायतका उपत्यकाका स्थानीय तहमा फोहोर नउठ्ने समस्या निरन्तर देखिएपछि जनता जागेका हुन् ।

फोहोरमा राजनीति हुन थालेपछि जनस्तरबाट फोहोर नेताको घर/गेटमा फालौं, मन्त्री, सांसद आफ्नो टोलमा जो छ उसैकोमा भन्ने अभियान चलेको छ ।

नागरिकस्तरबाट काठमाडौं, ललितपुर र भक्तपुरका बासिन्दालाई फोहोर नेताको घर/गेटमा फालौं भन्ने अभियान चलाइएको हो । अब त अति भो भन्दै फोहोरमा राजनीति गर्नेविरुद्ध जनता जागेका हुन् ।

सिंहदरबार, बालुवाटार, संसद भवनमा फोहोर फालेर फोहोरमाथि भएको राजनीति जनतासमक्ष पुर्‍याउन सामाजिक अभियान्ता भीम उपाध्याय विशेष रुपमा सक्रिय देखिन्छन् ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com