स्वास्थ्य बीमा समस्या समाधान कार्यदल पहिलो बैठक:

राज्यमन्त्री केसीले पेश गरे स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउने योजना


काठमाडौं । स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनितीक योजना प्रस्तुत गरेका थिए ।

बैठकमा स्वास्थ्य बिमा समस्या समाधानका दिर्घकालीन उपायका बारेमा छलफल भएको थियो । स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए । उनले भने, ‘स्वास्थ्य विमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ । यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लिने र सेवामा थप गुणस्तरीय बनाउन जरुरी छ । यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं ।’,

समितिको सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका अतिरीक्त सचिव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल रहेका छन् । आज बुधबार बसेको बैठकले अर्को बैठक आइतबार तीन बजे बस्ने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com