सामाजिक सुरक्षा कोषमा जोडिएकालाई क्रिष्टल डायग्नोष्टिकले स्वास्थ्य सेवा दिने


काठमाडौं । सामाजिक सुरक्षा कोषमा जोडिएका योगदानकर्तालाई क्रिष्टल डायग्नोष्टिक स्वास्थ्य सेवा दिने भएको छ । कोष र क्रिष्टल डायग्नोष्टिकबीच योगदानकर्तालाई स्वास्थ्य सेवा दिने सम्झौतामा भएको हो ।

सामाजिक सुरक्षा कोषमा तीन महिनाभन्दा बढी लगातार योगदान गरिरहेको योगदानकर्तालाई क्रिष्टलले स्वास्थ्य सेवा दिने सम्झौतामा उल्लेख छ । उक्त सम्झौतामा सामाजिक सुरक्षा कोषका निर्देशक निर्देशक उत्तमराज नेपाल र किष्टल डाइग्नोष्टिक प्रा.लि.का प्रबन्ध निर्देशक रवीन्द्र केसीले  हस्ताक्षर गरेका छन् ।  कोषले स्वास्थ्य सेवा सञ्चालन गर्न क्रिष्टलसँग गत बिहीबार  सम्झौता गरेको हो ।

सामाजिक सुरक्षा कोषमा र क्रिष्टल डायग्नोष्टिकबीच उक्त सम्झौतामा हस्ताक्षर हुँदा सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत ऋषिराम पाण्डेय र किष्टलका प्रमुख कार्यकारी अधिकृत सुनिल राउतको विशेष उपस्थित रहेको थियो । कोषले निजी क्षेत्रको डाइग्नोष्टिक सेन्टरसँग पहिलोपटक सम्झौता जनाइको छ ।

सम्झौता अनुसार क्रिष्टलले योगदानकर्ताहरुलाई चिकित्सक परामर्श, अस्पताल भर्ना तथा शल्यक्रिया, रोगको परीक्षण तथा उपचार सेवा र औषधी प्रदान गर्नुपर्नेछ ।

योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्म शिशुको स्याहार र अस्पताल भर्ना नभएको तर अस्पताल आवातजावत गर्न नसक्नेलाई घरमै गएर प्रदान गरेको परामर्श सेवा, दुर्घटना तथा अपांगता सुरक्षा योजनाअन्तर्गतको उपचार सम्बन्धी सेवा प्रदान गर्नेछ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि,२०७५ बमोजिम क्रिष्टलले सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ती स्वास्थ्य सेवाहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्य सेवा, #क्रिष्टल, #सामाजिक सुरक्षा कोष

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com