औषधि व्यवसायलाई सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छः स्वास्थ्य राज्यमन्त्री


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाइ मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै  स्वास्थ्य  राज्यमन्त्री केसीले गुणस्तरिय औषधि उपभोक्तासम्म पु¥याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् ।

राज्यमन्त्री केसीले भने, ‘औषधि भन्ने वित्तिकै जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल हुनुपर्छ । अहिलेपनि औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन् । यसलाई हल गर्नुपर्ने देखिन्छ ।’ ,

राज्यमन्त्री केसीले अघि थपे, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्छ । उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाई अक्षुण्ण राख्नु पर्छ । ’,

यस्तै, औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा बीकृती बढेको बताए । उनले भने, ‘औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ । औषधि व्यवस्था विभाग भने निरीह बन्यो । ’, यसैबिच महाधिवेशनबाट नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिवराज बाँस्कोटा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा श्रीराम पराजुली, माधव अधिकारी, महासचिवमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाललगायत रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com