डेंगु प्रकोपको अवस्था बुझ्न पर्यटनमन्त्री श्रेष्ठ टोल-टोलमा


काठमाडौं । डेंगु रोग प्रकोपको अवस्था बुझ्न र यसको नियन्त्रणका लागि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ घर-टोलमा पुगेर जानकारी लिन थालेका छन् । पछिल्लो समयमा काठमाडौंमा डेंगु रोगका संक्रमित बढ्न थालेपछि उनले टोलमा पुगेर स्थानीयसँग जानकारी लिन थालेका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठले आजै काठमाडौं महानगरपालिका वडा नम्बर १० सहभागितामार्ग निवासी स्थानीयसँग भेटेर डेंगुको विषयमा जानकारी लिएका हुन् ।

स्थानीयले बढ्दै गरेको डेंगु रोगको प्रकोपको नियन्त्रणको उपाय र प्रदेश सरकारमार्फत रोकथामको लागि पहल गरि दिन आग्रह गरेको उनले सुनाए ।डेंगुका बिरामीको बढ्दो संख्यालाई दृष्टिगत गरि अस्पताललाई सेवा, सुविधालाई प्राथमिकता दिन समेत स्थानीयले पर्यटनमन्त्री श्रेष्ठमार्फत सरकारलाई आग्रह गरेका छन् । डेंगु रोगको प्रकोपको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कदम चाल्न उनको भनाइ छ ।

पर्यटनमन्त्री श्रेष्ठले डेंगु संक्रमित बिरामीलाई अस्पतालमा विशेष सेवा, सुविधा उपलब्ध गराउन समेत पहल गर्ने आश्वासन दिएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डेंगु, #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेश सरकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com