अल्फाबिटामा डोजर लगाएका बालेनलाई भीम उपाध्यायले वयोधा अस्पताल देखाइदिए


काठमाडौं । बानेश्वरको अल्फाबिटा भवनमा डोजर लगाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पूर्व सचिव भीम उपाध्यायले वयोधा अस्पताल देखाइदिएका छन् ।

मेयर बालेनले अन्डरग्राउण्ड पार्किङ गर्ने ठाउँमा व्यवसाय चलाएको बानेश्वरको अल्फाबिटा भवनमा डोजर लगाएका थिए । त्यस्तै प्रवृत्ति वयोधा अस्पतालमा पनि रहेको भन्दै उपाध्यायले वयोधा अस्पतालको संरचना सामाजिक सञ्जाल फेसबुकमार्फत देखाइदिएका हुन् ।

बल्खुस्थित वयोधा अस्पतालले अन्डर ग्राउण्डमा पनि अस्पताल चलाएको देखिएको उनको दाबी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अल्फाबिटा, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #भीम उपाध्याय, #वयोधा अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com