गोविन्द केसी अनशन बस्नुभन्दा पहिला डिलाका श्रीमान् आन्दोलनमा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशकमा जगत प्रसादलाई गरेको नियुक्ति खारेजीको माग गर्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी अनशनको तयारीमा छन् । उनले भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरिसकेका छन्

डा. केसीको अनशनले आफ्नो जागिर जाने सम्भावना भएपछि वीपीका रजिष्ट्रार अर्थात् कांग्रेस नेतृ डिला संग्रौला श्रीमान् सूर्य आफैं आन्दोलनमा उत्रिने भएका छन् ।

रजिष्ट्रार डा. सूर्य आफ्नै कार्यालय अगाडि वीपी कोइरालाको शालिक भएको स्थानमा अस्थायी टेण्ट लगाई बस्ने भएका छन् । यसका लागि उनले धरान उपमहानगरपालिकासँग शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन थाल्ने घोषणा गरेकै दिन सूर्यले पनि इस्यू ‘डाईभर्ट’ गर्ने रणनीति अपनाएको वीपीका चिकित्सकहरू बताउँछन् । गोविन्द केसीको आन्दोलनले बर्खास्त हुने डरले डीलाका श्रीमान् सूर्य आफै आन्दोलनमा उत्रिएको उनीहरूको बुझाई छ ।प्रतिष्ठान सुधार्ने प्रधानमन्त्रीको प्रतिनिधि आफ्नै सुविधाको निम्ति आन्दोलनमा उत्रिनु गलत भएको वीपीका चिकित्सकहरुको टिप्पणी छ ।

वीपीका एक चिकित्सकका अनुसार रजिष्ट्रार सूर्यले उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई आफूलाई सुविधा सम्पन्न आवास देउ, नदिएसम्म टेण्ट गाडेर बस्छु भनेर घुर्की लगाएका हुन् । उनले गोविन्द केसीको सत्याग्रहबाट अन्यत्र ध्यान मोडेर पद जोगाउने नौटंकी पनि भएको ती चिकित्सक बताउँछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा नियुक्ति पाएकाले प्रतिष्ठानलाई आर्थिक रूपमा उकास्ने अपेक्षा विपरीत आफनै सुविधाको लागि लड्न थालेको भनेर रजिष्ट्रार सूर्यको आलोचना सुरू भएको छ । उपकुलपती गिरी र रजिष्ट्रार संग्रौलाबीच आर्थिक निर्णयमा मतभेद हुन थालेको छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ##प्राडा गोविन्द केसी, #डिला संग्रौला, #वीपी प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौला सं

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com