वीर अस्पताल छेउको सव-वेमा महानगरको डोजर


काठमाडौं । वीर अस्पताल छेउको सव-वेमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज वीर अस्पताल छेउका सव-वेमा डोजर लगाएको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज वीर अस्पताल आसपासको भोटाहिटी र रत्नपार्कमा बनेका अवैध संरचनामा डोजर लगाइएको छ । वीर अस्पताल छेउको सव-वेमा बाहिर र भित्र बनेका अनधिकृत संरचनाहरू भत्काएर बाटो खुला गरिएको उनले बताए । सव-वेमा अनधिकृत संरचनाहरू बनाएर पसल थाप्दा पैदलयात्रीलाई हिँड्न समस्या हुँदै आएको थियो । त्यो ठाउँमा बनेका अवैध संरचनामा महानगरले आज डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारी/ सार्वजनिक जग्गामा अवैध संरचना बनाउनेविरुद्ध कठोर रुपमा कदम चाल्ने चेतावनी दिएका छन् । उनको निर्देशन अनुसार आज पनि महानगरको डोजर हान्ने अभियान जारी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com