स्वास्थ्य मन्त्रालयमा तीज कार्यक्रम, छमछमी नाचे कर्मचारी


काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुले तीजकाे अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।
मन्त्रालयकै हलमा उनीहरुले तीजकाे कार्यक्रम  आयोजना गरेका हुन् । उनीहरुले कार्यलय समयम तीज कार्यक्रम राखेपनि सेवाग्राहीकाे काममा कुनै समस्या भएकाे छैन । नाच्दै गाउँदै काममा पनि खटिएका छन् ।

स्वास्थ्य सचिव डा. राेशन पाेखरेलले महिलाहरुले तीज कार्यक्रम राखेर कर्मचारीहरुप्रति गहिरो सम्बन्ध स्थापित गरेकाे बताए । उनले तिजले नेपालीहरुको संस्कृति जर्गेना गर्दै चेली र माइतीको सम्बन्ध अझ पस्थापित गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा उपस्थित भएका सबैलाई पुलाउ, मासु, चिउरा, खिर खुवाइएको थियो ।
कार्यक्रममा महिलाहरुले नृत्य प्रस्तुत गरेको थिए । जसमा  पुरुष साथीहरुले पनि नृत्यमा साथ दिएका थिए । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com