बालेन आउँछ भन्दा पनि अनामनगरमा फोहोर फ्याल्न छाडेनन् !


काठमाडौं । अहिले काठमाडौंको चोक-चोकमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को चर्चा छ । काठमाडौंका पहुँचवालाले बनाएको अनधिकृत संरचना र नक्सापास प्रयोजनविपरीत प्रयोग गरेको संरचनामा डोजर लगाएपछि उनको निकै चर्चा छ ।

अनधिकृत संरचना र सरकारी/ सार्वजनिक जग्गा हडप्नेविरुद्ध डोजर लिएर एक्सनमा गोइहाल्ने बालेनको स्वभावका कारण भूमाफियाहरू त्रसिएका छन् । काठमाडौँ बानेश्वर देवीनगरको सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्र कुमार चाम्लिङ, हेमराज घिसिङ त बालेन डोजर लिएर आउँदै छ रे भनेर बरबराउन थालेको हल्ला चलेको छ ।

भूमाफिया र अवैध काम गर्नेका लागि त्रास र आम सर्वसाधारण जनताका लागि आश बनेका कामपाका मेयर बालेनसँग अनामनगरमा मान्छे भने डराएका छैनन् ।

अनामनगर चोकबाट घट्टेकुलो जाने बाटोमा यहाँ फोहोर नफाल्नू होला नत्र बालेन आउँछ भनेर सूचना टाँसिएको छ । तर बालेन आउँछ भन्दा पनि अनामनगरका स्थानीयले फोहोर फ्याल्न छाडेका छैनन् ।

बालेन आउँछ भनेर डिभाइन क्याफेको फोहोर फ्याल्न रोक्ने डिभाइन क्याफेको आइडिया पनि काम लागेको देखिएन ।अनामनगर-घट्टेकुलोका मान्छेहरूले त्यो ठाउँमा फोहोर फ्याल्न काम जारी राखेपछि बालेनसँग नडराएको चर्चा भएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## अनामनगर, #डोजर, #फोहोर, #बालेन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com