स्वास्थ्यमन्त्रीको ब्रेकफास्ट: एक लिटर फिक्का चिया, दुई पाप्रा बिस्कुट


भवानीप्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री

म बिहान सधै ५ बजे ब्युझन्छु । ब्युझेपछि बिहानको समाचार रेडियोमा सुनेपछि मात्रै उठ्छु । उठेर कम्तिमा पनि ३० मिनेट योगा गर्छु । योगा गर्ने मेरो पुरानो बानी हो । बीचमा मन्त्री भएपछि केही समय हेरफेर भएको छ ।

शारीरिक व्यायाम सकाएपछि फिक्का चिया खाने गरेको छु । फिक्का चिया करिब एक लिटर खान्छु । चियामा दुई पाप्रा बिस्कुट खान्छु जुन मेरो दैनिकी हो । सामान्य ब्रेक फास्टपछि पत्रपत्रिकाहरु पढ्न केही समय छुट्याएको छु । ९ देखि १० बजेकोबीचमा खाना खान्छु ।

मेरो स्वास्थ्यमा सामान्य मात्रै समस्या छ । म सुगरको बिरामी भएकाले खाना खाएपछि नियमित रुपमा सुगरको औषधि भने सेवन गर्छु । अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । यसपछि मेरो अफिस समय सुरु हुन्छ । अहिले मन्त्री भएपछि मन्त्रालयमा आउँनुपर्छ । बिगतमा सभासद मात्रै हुँदा अन्यन्त्र काममा बिजी हुन्थ्ये ।

अहिले मन्त्री भएपछि विगतको अनुपातमा बिजी भएको छु । बिहान सबेरै साथीभाइहरु आउँनु हुन्छ । उहाँहरुसँगको भेटघाटले दैनिकीमा केही परिवर्तन भएको छ । समय र परिस्थिति अनुसार हिड्ने समय मिलेको छैन । दिउसो पनि सकेसम्म मन्त्रालयमै खाजा खाने गरेको छु । बेलुका ८ देखि ९ बजेको बीचमा खाना खाने गरेको छु । सामान्यतया १० बजे म सुत्छु । राती निन्द्रा नपर्ने छटपटी हुने त्यस्तो कुनै समस्या छैन । सुतेपछि एकै पटक बिहान ५ बजे ब्युझिने हो ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com