स्वास्थ्य मन्त्रालयका कर्मचारीकाे “हेलम्बुकाे  स्याउ” गित बजारमा (भिडियो )


काठमाडौ । गायक रमेश लामिछाने र रिता केसीको   “हेलम्बुकाे  स्याउ” गित बजारमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी समेत रहेका लामिछानेले हालै हेलम्बुकाे स्याउ बाेलकाे गित बजारमा ल्याएका हुन् ।

दर्जनौं गित बजारमा ल्याइसकेकी गायिका केसी गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्तछिन् । उनले पहिलोपटक आफ्नै आवाजको  गीतमा अभिनय समेत गरेकी छन् ।  रमेश लामिछानेको भने याे पहिलो प्रयास हाे। पहिलो प्रयास भएपनि लामिछानेको गितले निकै चर्चा बटुलेकाे छ । गितकाे शब्द रमेश लामिछाने र लय सरोज लामिछानेकाे हाे । गितमा संगित संयाेजन राम कृष्ण थापा र मिक्सिङ राज कुमार बगरले गरेका हुन् ।

गायक रमेश लामिछानेले अन्य नयाँ गितकाे तयारीमा आफू जुटेको बताएका छन् । उनले सामाजिक परिवेशमा मिल्ने खालका गित निर्माण गर्ने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com