पुरानै लयमा फर्कियो वीरको मुटु शल्यक्रिया, भुइमान्छेका लागि बन्यो केन्द्रबिन्दु


काठमाडौं । वीर अस्पतालले मुटु शल्यक्रिया पुरानै लयमा फर्काएको छ । विगत १४ वर्ष अगाडिको सेवालाई पुरानै अवस्थामा फर्काएको हो ।

वीर अस्पतालको रेडकमा १४ वर्षपछि मुटुको शल्यक्रिया भएको देखिन्छ । अस्पतालका कार्यकारी अधिकारी प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतका अनुसार पछिल्लो शल्यक्रिया सन् २००८ मा भएकोे थियो । त्यस यता सेवा ठप्प हुन पुगेको थियो ।
बस्नेत कार्यकारी अधिकारी भएसँगै वीर अस्पतालको सेवा बिस्तार गर्दै लगेका छन् । सोही क्रममा उनले मुटुको उपचार सेवा १४ वर्षपछि पुरानै लयमा फर्काएका हुन् ।

वीर अस्पताल पैसा नहुनेहरु अर्थात भुइमान्छेको अस्पताल हो । पैसा हुनेहरु पनि गोजी पोटिलो हुदासम्म निजी अस्पताल जाने र सकिएपछि वीर अस्पताल पुग्ने गर्छन् । कार्यकारी अधिकारी बस्नेतले वीर अस्पताललाई थप गरिब मैत्री र गुणस्तरीय सेवा दिन पुरानो सेवा फर्काएका हुन् ।

अस्पतालका अनुसार गत ९ भदौमा एक महिलाको ओपन हर्ट सर्जरी गरिएको छ । जुन १४ वर्ष पछिको पहिलो सेवा थियो । त्यसैले पनि यसलाई अधिकारीहरुले निकै गहन रुपमा हेरेका छन् । १४ वर्ष अगाडिको बिडो थाम्न मुटुरोग विशेषज्ञ डा.किरण श्रेष्ठको नेतृत्वमा टोलि खडा भएको छ ।
इतिहास हेर्दा नेपालमा मुटुको शल्यक्रिया गर्ने पहिलो अस्पताल वीर नै हो । तर, चिकित्सकका आफ्नै स्वार्थ र ब्यवस्थापन कडा नहुदा वीरमा १४ वर्ष सेवा रोकिन पुग्यो ।

सन् १९६५ मा पहिलो क्लोज हर्ट सर्जरी र सन १९९३ मा पहिलो पटक ओपन हर्ट सर्जरी भएको थियो । त्यतिबेला अस्ट्रेलियाको चिकित्सक टोलीको सहयोग लिइएकोमा सन १९९७ मा नेपालका मात्रै चिकित्सकले वीरमा ओपन हर्ट सर्जरी गरेको थियो । जस अनुसार वीर अस्पतालले गरेको यो ९९ औँ ओपन हर्ट सर्जरी हो ।
१४ वर्षपछि वीरमा कार्डियोको टोली बलियो भएको छ । यस वर्ष मात्रै ४ जना मुटुरोग विशेषज्ञ थपिएका छन् । मुटुका दैनिक एक सय देखि १५० जनासम्म बिरामी आउने गरेको डा.बस्नेतले बताए ।

वीरमा ओपन हर्ट जसरी गर्ने हस्तिहरु
वीर अस्पतालमा ओपन हर्ट जसरीमा संलग्न हस्तिहरुको सुची लामो छ । सिटिभिएस टिममा डा. किरण श्रेष्ठ, डा दिक्षा जोशी, डा. दिनेश चापागाईं, डा. रवीन्द्रभक्त तिमिला छन् ।

त्यस्तै एनेस्थेसिया टिममा डा रवीराम श्रेष्ठ, डा. प्रदिपराज वैद्य, डा. सुरेन्द्र भुसाल, डा. एलन अमात्य, डा. रोमन कार्की, डा. आशिष गोविन्द अमात्य र डा. स्मृती बज्राचार्य रहेका छन् ।

यता नर्सिङ टिममा संगीता श्रेष्ठ, मुना श्रेष्ठ, प्रतिमा आचार्य, शकुन्तला महत, उजेली पछाई, नविता देवकोटा रहेका छन् । कार्डियोलोजी टिममा भने डा. समीर पौडेल, डा. प्रभा चापागाई, डा. विनायक गौतम, डा. कुञ्जन शेर्पाछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com