स्वास्थ्यमा पुन: सरुवा, व्यवस्थापन महाशाखामा सर्वेश शर्मा (काे कहाँ भए ?)


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन महाशाखा प्रमुखमा डा. सर्वेश शर्मालाई पठाएकाे छ ।

तिन महिनादेखि फाजिलमा रहेका डाक्टर शर्मालाई व्यवस्थापन महाशाखा पठाएर त्यहाँ रहेका डा. रुद्र प्रसाद मरासिनीलाई हटाइएको हो । उक्त महाशाखा प्रमुख डा. मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरकाे निर्देशक बनाइएको छ ।

यता काेशी अस्पतालकाे मेसुको जिम्मेवारी डा. लक्ष्मिनारायण यादवलाई दिइएकाे छ । कारागार अस्पतालमा डा. प्रकाश बुढाथोकीलाई सरुवा गरिएको छ । त्यस्तै प्रदेश नम्बर १ मा डा. राधिका थपलियालाई  पठाइएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com