सरकारी जग्गा हडप्ने अष्टमान …. 


काठमाडौं । ठुला अस्पतालहरुले सरकारी जग्गा हडपेका समाचार निरन्तर स्वास्थ्य लाइभले सार्वजनिक गरिरहेकाे छ । तर, अब व्यक्तिले समेत हडपेकाे फेला परेकाे छ । बानेश्वर देवीनगरस्थित सरकारी जग्गा हडपेर भाडा खाने अष्टमान महर्जनले पनि काठमाडौं महानगरपालिकामा प्रमाण पेश गर्न नसकेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले अष्टमानले हडपेको नगर १० सिट नम्बर १०२-११०६-२२ को ४४६ नम्बर कित्ताको सरकारी जग्गा हो होइन प्रमाण पेश गर्न भनेको थियो । तर, उनले ४८६ को प्रमाण पेश गरेका छन् ।

उनले सटर हालेर भाडा खाइरहेको कित्ता आफ्नो हो भनेर प्रमाण पेश गर्न नसकेका हुन् ।

युवराजलाई पनि काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले नगर १० सिट नम्बर १०२-११०६-२२ को ४४६ नम्बर कित्ताको हडपेको विषयमा सप्रमाण उपस्थित हुन पत्र काटेका थिए । तर उनले पनि ४४६ को प्रमाण पेश नगरी ४६१ को प्रमाण पेश गरेको देखिन्छ । यी दुबै जनताले एउटै कित्ता सरकारी जग्गा हडपेर संरचना बनाइ भाडा खाइरहेको पुष्टि हुन्छ ।

अष्टमान महर्जनले नक्सापास स्वीकृतिविपरीत सरकारी जग्गा हडपेर ५ वटा सटर हाली मासिक १ लाख भाडा खाइरहेका छन् । यो उनको ठगी धन्दा हो ।

काठमाडौं महानगरपालिकाले प्रमाण माग्दा अष्टमानले प्रमाण उपलब्ध गराउन नसक्नुले अवैध संरचना पुष्टि हुन्छ ।

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अष्टमान महर्जन, #दुर्गा प्रसाई, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com