चिकित्सा क्षेत्रका महिला हस्ति, यी हुन् राष्ट्रपतिबाट सम्मानित हुने


काठमाडौं । चिकित्सा क्षेत्रका महिला हस्तिहरुले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मान पाएका छन् । नेपाली चिकित्सा जगतमा सम्झनलायक काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरिएको छ ।

नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालयमा उनिहरुलाई विशेष सम्मान गरिएको छ ।

डा लोचन कार्कीले चिकित्सक संघको नेतृत्व गरेयता यस्ता उदाहरणीय काम भएका हुन् । संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो । गत वर्षको सम्मानमा केही विवादीत व्यक्ति परेपनि यस पटक संघले सिफारीसमा विशेष ध्यान दिएको छ ।

यी हुन् विशेष सम्मान पाउने हस्तिहरु

वुमन इन मेडिसिन अवार्ड पाउनेहरु

  • आस्मा राणा
  • बसुधा खनाल
  • कमला बुढाथोकी
  • लक्ष्मी नानी श्रेष्ठ
  • मिरा मल्ल
  • मिथिला शर्मा अधिकारी
  • रोशना अमात्य
  • स्वराज प्रधान राजभण्डारी
  • तीर्थ राणा
  • उषा शाह

वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु

  • बिमला ओझा
  • गीता बस्न्यात
  • नारायणी श्रेष्ठ
  • ओम बिक्रम शाह
  • रेवा श्रेष्ठ

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com