कोरोनामा जग्गा हडप्ने चाम्लिङलाई संरक्षण गर्ने पौडेल काठमाडौं महानगरबाट सरुवा 


काठमाडौं । कोरोनाकालमा सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्र कुमार चाम्लिङलाई संरक्षण गर्ने प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको काठमाडौं महानगरपालिकाबाट सरुवा भएको छ ।

भूमाफिया चाम्लिङले हडपेको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाउने तयारी गरिरहेको बेला उनकाे सरुवा गरिएको हो । पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानेर उनको ठाउँमा वसन्त अधिकारीलाई लगिएको छ ।

 

भूमाफिया चाम्लिङले कोरोनाकालमा सरकारी जग्गा हडप्दा पौडेलले त्यो अवैध कार्यलाई रोकेनन् । स्वास्थ्य लाइभले भूमाफिया चाम्लिङले अवैध रुपमा सरकारी जग्गा हडपेको तथ्य सार्वजनिक गर्दा समेत कार्यकारी पौडेल चुपचाप बसेका थिए । चाम्लिङले पौडेल हिड्ने बाटोमै सरकारी जग्गा हडप्दा पनि पौडेलले मिलेमतो गराएर जोगाएका थिए ।

चाम्लिङको अवैध संरचना हटाउन खोजेको गोप्य सूचना चुहाएर फाइदा लिने धनपति सापकोटालाई हटाएलगत्तै पौडेल पनि हटेका छन् । सापकोटासँगको मिलेमतोमा चाम्लिङले रातारात अनधिकृत संरचना खडा गरेका हुन् । चाम्लिङलगायतको अवैध संरचनामा डोजर लगाउने प्रक्रिया अघि बढिरहेको बेला प्रमुख प्रशासकीय अधिकृत पौडेलको पनि सरुवा गरिएको हो ।

 

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com