चाडै स्वास्थ्य बिमाको समस्या समाधान हुन्छ: स्वास्थ्य राज्यमन्त्री


काठमाडौं । स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितिको दोस्रो वैठक शुक्रवार वसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितिको दोस्रो बैठक बसेको हो । बैठकमा स्वास्थ्य बिमाका प्रशासनिक सुधार, व्यवस्थापकिय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए ।

बैठकमा स्वास्थ्य बिमामा भएको बेथितिका विषयमा पनि औंल्याइएको थियो । यस्तै स्वास्थ्य बिमा कार्यक्रमको वर्तमान स्थितीको आँकलन गरिएको थियो । सो क्रममा राज्यमन्त्री केसीले स्वास्थ्य बिमालाई आम जनतासंग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले भने, ‘केहिदिन प्रतिवेदन वाहिर ल्याउँछौं । बिमा कार्यक्रमलाई आम बिमितसंग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छुँ ।’

स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा स्वास्थ्य स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिति गठन भएको थियो । गत साउन २६ मास्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिती गठन गरेको थियो ।

समितिलाई स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समिक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com