दानापानी सुकेपछि स्वार्थ समूहको उक्साहटमा कान्तिमा आन्दोलन !


काठमाडौं । गत १५ भदौंदेखि कान्ति बाल अस्पतालका केही कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वार्थ समूहले उचालेको भरमा कान्तिका १०-१५ जना विकास समितिका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरू विभिन्न २४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएकाहरु कर्मचारीहरू राम्रो छबि नभएका अस्पतालका कर्मचारी नै सुनाउँछन् । बिगतमा खाँदै आएका दानापानी सुकेपछि केही व्यक्ति र स्वार्थ समूहले उचालेको भरमा कान्तिमा हाल आन्दोलन भएको छ ।

आन्दोलनकारीले उठाएका विषयहरूले स्पष्ट रुपमा परिचालित भएको पुष्टि हुन्छ । स्वास्थ्य लाइभले यस विषयमा खोजी सुरु गरेको छ । स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार कान्तिको आन्दोलन तत्कालीन लेखा प्रमुख वीरसिंह राईको उक्साहटमा भएको देखिन्छ । यसलाई पुष्टि गर्ने केही आधार हामीले फेला पारेका छौं ।

कान्ति बाल अस्पतालमा विगतमा निकै बेथिति थियो । कान्तिका विगतका निर्देशक केही राम्रा भएपनि केही विवादित थिए । लामो समय निमित्त लेखा प्रमुखको जिम्मेवारीमा कान्ति बसेका राई हाल त्यहाँबाट लखेटिएपछि स्वास्थ्य राज्यमन्त्रीको सचिवालयामा पुगेका छन् । कान्तिबाट हट्न नमानेका राईलाई हालको टिमले कोठा चाबी लगाएरै निकालेका हुन् । यस अगाडि पनि स्वास्थ्यका विभिन्न निकायमा बस्दा विवादित बनेका राई कान्तिमा त्योभन्दा बढी विवादित बनेका थिए । राईका कारण कान्तिमा सप्लायर्सहरुले उधारो सामान आपूर्ति गर्न नै बन्द गरेका छन् ।

वीरसिंह राई कान्तिबाट हटेपछि अहिले आन्दोलन सुरु भएको छ । शुक्रबार कान्तिको एक हुल आन्दोलनकारी लिएर राई आफ्नै सचिवालयमा पुगेका थिए । प्रहरीले मन्त्रालयको गेटमा रोकेपनि उनीहरूलाई केहीलाईपछि राईले लिएर राज्यमन्त्रीको कार्यकक्ष पुर्‍याए । स्रोतका अनुसार माग २४ वटा राखिए पनि उनीहरूको उद्देश्य कान्तिबाट निर्देशक हटाउने हो । निर्देशकले आन्दोलनकारीको दानापानी आउँने बाटो बन्द गरेपछि उनलाई पनि पाखा लगाउन परिचालित रुपमा आन्दोलन भइरहेको छ ।

यस्तो हो निर्देशकसँगको दुस्मनी

कान्तिमा आन्दोलन गर्नेहरुमा मुख्यगरी चारजना अगाडि देखिएका छन् । चौथो तहमा कार्यरत शमसेर नेपाली । उनी कान्तिको ल्याबमा कार्यरत छन् । केही समय अगाडि एक जना ठेकेदार भक्त हमाल उचालेर सहयोगको उपकरण नलिएर खरिद गर्न लाग्यो भन्दै काण्ड मच्चाएका थिए । हालका निर्देशक डा. युवानिधि बसौलाले ल्याबबाट हटाएपछि उनि बिरोधमा उत्रिएका हुन् ।

त्यस्तै अर्का परिचालित कर्मचारी हुन् शिवप्रसाद प्याकुरेल । उत्ती निजामती कर्मचारी युनियन कान्तिका स्वघोषित अध्यक्ष हुन् । यता अख्तियारले डामेका सालिकराम नेपाल पनि आन्दोलनको मियो बनेका छन् । स्टोरबाट हटाएपछि उनको पनि दानापानी सुकेको अधिकारीहरु बताउँछन् । अर्का आन्दोलनकारी हुन् केशव कोइराला । उनी खरिदार हुन् । खरिद इकाईमा बसेका लामो समय काम गरेका उनलाई पनि निर्देशकले दानापानी आउनेठाउँबाट हटाएका हुन् । बदमासी गरेपछि हटाइएका यी ४ जना कर्मचारी आन्दोलनको मोर्चा सम्हालेर निर्देशक हटाउन अभियानमा लागेका छन् । विवादित व्यक्तिहरूलाई स्वास्थ्य राज्यमन्त्रीका निजी सचिवले नै बोकेर हिँडेपछि कान्ति बाल अस्पताल अस्तव्यस्त बनेको हो ।

अर्को आन्दोलनको जड हो क्यान्टिन 

कान्ति बाल अस्पतालमा दुई वटा क्यान्टिन छन् । एउटा अस्पताल अगाडि सबैले खाने र अर्को अस्पताल पछाडि रहेको छ। पछाडिको क्यान्टिनले बिरामीलाई ‘डाइटिङ’वाला खानेकुराबाहेक केही बेच्न पाउँदैन । तर, यिनै कर्मचारीको सेटिङमा उक्त क्यान्टिनले खाना, खाजा, चियादेखि सबै खाले खानेकुरा बेचेको पाइएपछि अस्पताल प्रशासनले ‘डाइटिङ’वाला खानेकुराबाहेक अरु नबेच्न निर्देशन दिएको थियो ।

प्रशासनको यो निर्देशनले सबैभन्दा बढी हाल कान्तिबाट हटाइएका निमित्त लेखा प्रमुख वीरसिंह राईको चित्त दु:खेको त्यहाँका चिकित्सक बताउँछन् । राईको सेटिङमा सितल खाँजा घर क्यान्टिन चलेको पाइएको थियो । क्यान्टिनका संचालक राम कुमार श्रेष्ठले पनि वीरसिंह राई र आफू एकै ठाउँको भएको भन्दै राम्रो सम्बन्ध भएको स्वीकार गरेका छन् ।

श्रेष्ठले राईको संरक्षणमा ठेक्का सम्झौताविपरीत गएर खाजा, मम, चिया बिक्री गरी लाखौं कमाएका थिए । बाहिरको क्यान्टिनभन्दा आधा सस्तोमा सामान बिच्दै आएका थिए । बाहिरको क्यान्टिनले मासिक ७ लाख ६४ हजार भाडा तिर्छ तर, श्रेष्ठले सञ्चालन गरिरहेको पछाडिको क्यान्टिनले पानी बिजुली भाडा केही तिर्नु पर्दैन ।

के भन्छन् क्यान्टिन संचालक ?

मेरो नाम राम कुमार श्रेष्ठ हो । म बालाकोट बस्छु । वीरसिंह राई हामी एकै ठाउँका साथीभाइ हौं । पुस मसान्तसम्मका लागि सितल खाँजा घर नामको क्यान्टिन कान्तिमा संचालन गर्दै आएको छु । यो १ वर्षको सम्झौता हो ।  मैले लिँदा बिरामीलाई डाइट खुवाउने भनेर लिएको हुँ । त्यसमा दाल, भात, साग, मासु, जाउलो, दुध, बिस्कुट खुवाउनु पर्छ । तर, बीचमा सबैखाले खाजा बिक्री गरेको हुँ । सम्झौताभन्दा बाहिर गएर क्यान्टिल संचालन गरेपछि प्रशासनले पत्र काटेको थियो । पत्र पाएसँगै एक हप्ता भयो मैले डाइटबाहेक केही खुवाएको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #आन्दोलन, #कान्ति बाल अस्पताल, #कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौला, #वीरसिंह राई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com