बाल हिंसाको आरोप लागेका डा शाहको पक्राउ पुर्जी बदर गर्न चिकित्सक संघको माग


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डाक्टर करण शाह माथि बाल हिंसाको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बाल हिंसाको आरोप लागेका डा शाहको पक्राउ पुर्जी बदर गर्न चिकित्सक संघको निर्देशन दिएको छ । ७२ घण्टाको समय तोकेर संघले पक्राउ पुर्जी बदर गर्न निर्देशन दिएको छ । उक्त पत्र बदर नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संघका महासचिव डा बद्री रिजालले बताए ।

गत २ भदौंमा प्रतिष्ठानमा चिकित्सक शाह र अर्का एक कर्मचारी बिच कुटाकुट भएको थियो । डा शाहलाई कुट्ने कर्मचारीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान अगाडी बढाएको छ । शाहलाई कुट्ने कर्मचारी माथि अनुसन्धान चलिरहेका बेला डा शाह माथि पनि बाल हिंसाको आरोप लागेको छ । उपचारमा बाल हिंसा गरेको भन्दै पिडितको उजुरीका आधारमा प्रहरीले डा करण शाह माथी पक्राउ पुर्जी जारी गरेको छ । सोही पक्राउ पुर्जीको बिरुद्धमा नेपाल चिकित्सक संघले बिरोध जनाएको हो ।

बाल हिंसा बिरुद्धको झोटो आरोपमा चिकित्सक फसाउन खोजेको नेपाल चिकित्सक संघको आरोप छ । एक विज्ञप्ती जारी गर्दै संघले यो घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघका महासचिव डा बद्री रिजालद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, अस्पताल वा कार्यस्थलमा कुनै चिकित्सकद्धारा बाल हिंसाको घटना भएको भन्ने शंका लागेमा मुलुकी संहिता सम्बन्धी ऐनलाई संसोधन गर्ने ऐन २०७५ को दपाm ७४ को १८९ को उपदफा ३ र ४ बमोजिम अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसुरको अनुसन्धान नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा तोकिए बमोजिम अनुसन्धान गरी कसुर गरेको प्रमाण भेटिएमा निज बिरुद्ध मुद्धा चलाउन सम्बन्धीत सरकारी वकिलको कार्यालयलाई लेखी पठाउने भनि कानुनी व्यवस्था छ । तर, त्यस तर्फ नगई सिधै थुनामा राख्न पुर्जी काटेकोमा चिकित्सक संघको बिरोध छ विज्ञप्तीमा भनिएको छ ।

संघले कानुनी व्यवस्थालाई नजर अन्दाज गरी सिधै थुनाको लागि पुर्जी काटेको बदर गरेर कानुन अनुसार अगाडी बढ्न पनि चिकित्सक संघले माग गरेको छ । बिना कुनै कसुर कानुन अनुसार अनुसन्धान नै नभई पूर्वाग्रह राखी थुना पुर्जी जारी भएकोमा सो गैरकानुनी काममा संलग्न व्यक्तिहरुलाई नै कानुनी दायरामा ल्याई कडा कारबाही गर्न पनि संघले माग गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com