लैंगिक हिंसामा परेका नागरिकलाई राम्रो सेवा दिने ५ अस्पताल सम्मानित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैंगिक हिंसामा परेका व्यक्तिहरुकाे सेवामा उदाहरणीय काम गरेका पाँच अस्पताललाई सम्मान गरेकाे छ।

काठमाडौं आयाेजित एक समीक्षा गाेष्ठीमा मन्त्रालयले पाँच संघीय अस्पताललाई सम्मान गरेकाे हाे । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा राम्रो काम गरेकाे भन्दै मन्त्रालयले ती अस्पताललाई सम्मान गरेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उप सचिव रोशनी देवी कार्कीका अनुसार एकद्वार संकट व्यवस्थापन केन्द्रमा राम्रो काम गरेका काेशी अस्पताल, भेरी अस्पताल, नारायणी अस्पताल, पराेपकार प्रसुति तथा स्त्रिराेग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान दिएकाे छ।

अस्पतालमा सेवा लिन आएका पिडित व्यक्तिहरुलाई गरेकाे व्यवहार,  उनीहरूलाई दिएको सेवा, मन्त्रालयसँगकाे समन्वय, समयमा रिपोर्टिङ गर्ने बानी, अघिल्लो आर्थिक वर्षको खर्च विवरण र   सक्रियता लगायतका विषयकाे मुल्यांकनका आधारमा पाँच अस्पताल सम्मानित भएकाे उप सचिव कार्कीले बताइन् ।

ओसिएमसी संचालनमा आएको दस वर्ष भएको छ । यस बिचमा हिंसाको सिकार बनेका ८ हजार ७ सय बढी नागरिकलाई अस्पतालहरुले सेवा दिएका छन् । याे कार्यक्रम देशका ८४ वटा अस्पतालमा पुगेकाे उप सचिव कार्कीले बताइन् । जहाबाट पिडितले एकीकृत सेवा लिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com