अस्ट्रेलियमा हुने चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पुरा, स्वास्थ्यमन्त्रीले दिए शुभकामना


काठमाडौँ । आगामी सेक्टेम्बर १६ देखि १८ सम्म अस्ट्रेलियमा हुने चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । तीन दिन सम्म संचालन हुने सम्मेलनमा १ सय भन्दा बढी देशबाट नेपाली स्वास्थ्यकर्मीहरुको सहभागीता हुने आयोजकले जनाएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक डा सञ्जीब सापकोटाले सिड्निमा हुने सम्मेलनको सबै तयारी पुरा भएको बताए । यो सम्मेलनलाई अधिकारीहरुले सबैभन्दा ठुलो हुने बताएका छन् ।

संयोजक डा सापकोटाका अनुसार नेपाल भन्दा बाहिर रहेका नेपालीहरुको स्वास्थ्यमा चासो राख्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सहभागीता रहने छ । सम्मेलनले  देश बाहिर रहेका नेपालीहरुमा आपसी सद्भाव र सबैलाई एकिकृत गराउने उदेश्य लिएको छ ।

सम्मेलनमा नेपालीहरुको स्वास्थ्यमा काम गर्ने व्यक्ति समाज र संघ सस्थाहरुका स्वास्थ्य प्रतिनिधिको सहभागितामा वैदेशिक रोजगारिमा रहेका नेपालीको स्वास्थ्यलाई प्रवर्दन र सन्तुलनका बारेमा चिन्तन, अध्ययन र अनुसन्धान गरिनेछ । साथै भविष्यका बारेमा समेत सम्मेलनले कार्ययोजना बनाउने छ ।

विश्वभर फैलिएको कोरोना महामारीबाट देश बाहिर रहेका लाखौं नेपालीहरु प्रभावित भएका छन् । सयौंको मृत्यु भएको छ । कोरोना त्रास र संक्रमणबाट धेरै नेपालीहरुलाई मानसिक समस्या तुल्याएको छ । जसले गर्दा वैदेशिक रोजगारमा आत्महत्या गर्ने दर दिन प्रतिदिन बड्दो क्रममा छ । यस विषयमा पनि सम्मेलनमा स्वास्थ्यकर्मीहरु बिच व्यापक छलफलहुने आयोजकले बताएको छ । तर, यस वर्ष  अस्ट्रेलियाले भिषा प्रक्रियामा निकै कडाई गरेका कारण धेरै कम मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मेलनमा सहभागिता हुने डा सापकोटाले बताए ।

स्वास्थ्य मन्त्रीको सुभकामना

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ्ले अस्टे्रलियामा हुन लागेको चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलनको पूर्ण सफलताको सुभकामना दिएका छन् । स्वास्थ्य समस्याका कारण सम्मेलनमा जान नसक्ने भएपछि मन्त्री खापुङ्ले आयोजकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भेटेर सफलताको सुभकामना दिएको संयोजक सञ्जीब सापकोटाले बताए । उनले विदेशमा रहेर गैरआवासीय नेपालीहरुले नेपालको स्वास्थ्य क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गरे । हरेक संकटमा गैरआवासीय नेपालीहरुले खेलेको भुमिका  अविस्मरणीय छ मन्त्री खापुङ्ले भने । आयाेजकले मन्त्री जान नसक्ने भएपछि मन्त्रीलाई सम्मेलन पुस्तिका र टिसर्ट हस्तान्तरण गरिएको छ ।
अमेरिकाबाट अर्जुन मैनालीले सम्मेलनलाई दिएको सन्देश

विश्वका विभिन्न ठाउँमा रहनु भएका नेपाली स्वास्थ्यकर्मीहरुको यो चौथो ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन भब्यरुपमा सफल रहोस भन्ने शुभकामना गर्दछु ।
स्वास्थ्यकर्मिहरुले स्वास्थ्यको कुरा गरी रहँदा त्यहा रक्तसन्चारको पनि ठुलो स्थान रहेको हुन्छ । त्यसको लागि तपाईं हामी धेरै जना मिलेर रक्तदान गरीरहेकाछौं । अफ्रिकामा हरेक बर्ष ६ लाख जती सुत्केरी महिलाहरुले प्रसुतीको समयमा अत्याधिक रक्तश्राव भएरै जीवन गुमाउनु परेको अवस्था रहेको डब्लुएचओले जनाएको छ ।

क्यान्सर, अङ्ग प्रत्यारोपण, मानव सिर्जित; सडक दुर्घटना, युद्ध, दैबिक प्रकोपजस्ता घटनामा परेकालाई बच्चाउन रगत नै दिनु पर्ने हुन्छ ।

गतबर्ष मात्रै विश्व भरिमा करीब ११ करोड ८० लाख युनिट रक्तदान भएको छ । अझै यो परीमाण पर्याप्त छैन । विश्व भरिका बिरामीहरुलाई पर्याप्त रगत उपलब्ध गराउन सम्बन्धित देशका करिब २ प्रतिशत जनताले रक्तदान गर्नै पर्छ ।

रक्तदान गर्दा शरीरमा खासै कमजोरी हुँदैन भनेर जनचेतना जगाउनका लागि म आँफै रक्तदान नै गर्न भनेर सन् २०१५ जुन १३ मा न्यूयोर्क देखी सिड्नी गएको थिए । त्यहा ७७ जना नेपालीसङगै मैले पनि रक्तदान गरेर भोलिपल्टै न्यूयोर्क फर्केको थिए । रक्तदान गर्न जनचेतना जगाउनको लागि म ६ वटै महादेशका २० वटा देशमा गएर २०४ पटक रक्तदान गरिसकेको अवस्था छ ।

समाजमा रक्तदान बढाउन म नेपालमा रहदा ब्लड डोनर्स एसोसिएसन नेपाल, अमेरिका आएपछी ब्लड डोनर्स अफ अमेरिका, बिभिन्न देशमा रहनु हुने नेपाली रक्तदाताहरुलाई एउटा प्लेटफर्ममा राखिराख्न इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स जस्ता सन्स्थाको फाउन्डर भएर काम गरेको छु । यसरी स्थानियदेखी राष्ट्रिय, अन्तराष्ट्रिय सम्ममा रक्तदान बढाउन प्रयास गरेको छु । यस कार्यमा तपाईंहरुको अमुल्य साथ सहयोग पाएको छु ।
आजको यो गरिमामय सम्मेलनमा स्वास्थ्य सम्बन्धी विविध बिषयमा कुरा गरिरहँदा यो संगै रक्तदान पनि जोडीएको छ है भन्ने बिषय पनि उठ्नु पर्छ भन्ने मलाई लागेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com