विवादित अस्पताल नर्भिकमा बिरामी भेट्न प्रधानमन्त्री पुगे


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।
लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा  अस्पताल पुगेका हुन् ।

विवादित अस्पताल नर्भिक पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी देउवा फर्किएका थिए । धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com