डेंगु नियन्त्रण अभियान चलाइने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन् त्रण अभियान चलाउने भएको छ । देशमा फैलिरहेको डेंगु नियन्त्रण गर्न सरकारले पुरानै अभियान सुरु गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब प्रत्येक शनिबार विहान १० बजे १० मिनेट अभियान सुरु गरेको हो । यस्तो नाम गरेको अभियान विगतमा पनि चलाइएको थियो ।

मन्त्रालयले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्र लेखि सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा यो अभियान सञ्चालनको बाताबरण मिलाउनका लागि समन्वय गर्न अनुरोध गरेको छ ।

प्रत्येक परिवारले हरेक शनिबार विहान १० बजे १० मिनेट समय छुट्याएर आफ्नो घर भित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौं र नस्ट गरौँ भन्ने अभियान सञ्चालन गर्ने ।

यस अभियान कार्यान्वयन गर्नका लागि स्थानीय जनप्रतिनिधिहरुको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका शिक्षक पत्रकार तथा सरोकारवालाहरुलाई परिचालन गरी आफ्नो वडाका हरेक घर धुरीबाट अभियान सञ्चालन गर्ने भन्ने छ ।

मन्त्रालयले डेंगुको विरामीको विवरण स्थानीय तहमार्फत स्वास्थ्य सेवा विभाग, इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई नियमित प्रतिवेदन प्रेशित गर्न समेत निर्देशन दिने व्यवस्था मिलाउन संघीय मन्त्रालयलाई भनेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com