ऐतिहासिक कुमाले धारामा स्वास्थ्य पार्क बन्यो


काठमाडौं । बानेश्वरस्थित ऐतिहासिक कुमाले धारामा स्वास्थ्य पार्क बनेको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा उक्त स्वास्थ्य पार्क बनेको हो ।

देवीनगरस्थित कुमाले धारामा निर्माण गरिएको स्वास्थ्य पार्कको उद्‌घाटन पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले गरेका छन् । सिंह त्यसै क्षेत्रबाट संघीय सांसाद र श्रेष्ठ प्रदेश सांसाद निर्वाचित भएका हुन् ।

ऐतिहासिक कुमाले धाराको स्वास्थ्य पार्क उद्‌घाटनमा पर्यटन सचिव मदन कोइराला पनि उपस्थित रहेका थिए । ऐतिहासिक कुमाले धारा मर्मत तथा पार्क सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष मिलन श्रेष्ठले उक्त पार्क स्वास्थ्य पार्कका रुपमा बनाइएको बताए । पार्कमा स्वास्थ्यका लागि फाइदाजनक हुने गरी स्रोत साधनको व्यवस्था गरिएको उनको भनाइ छ ।

पार्क निर्माण समितिका हरि अवस्थीले पनि कुमाले धारा स्वास्थ्य पार्कका लागि उपयुक्त रहेको दाबी गरे । उक्त स्वास्थ्य पार्कको पूर्व उपप्रधानमन्त्री सिंह र पर्यटनमन्त्री श्रेष्ठले प्रशंशा गरेका थिए । पर्यटनमन्त्री श्रेष्ठकै योजनामा बुद्धनगर, अनामनगरलगायतका ठाउँमा पनि स्वास्थ्य पार्क बन्दै छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com