वीर अस्पतालले घर बहाल कर तिरेको प्रमाण महानगरमा पेश गर्‍यो


काठमाडौं । वीर अस्पतालले घर बहाल कर तिरेको प्रमाण काठमाडौं महानगरपालिकामा पेश गरेको छ । वीर अस्पतालका निमित्त प्रमुख प्रकाशकीय अधिकारी भुपेन्द्रकुमार बस्नेतले विगत ४ आर्थिक वर्षदेखि घर बहाल कर तिरेको प्रमाण पेश गरेका छन् ।

बस्नेतलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी हुनु अघि नै केन्द्र सरकारको खातामा आन्तरिक राजस्व कार्यालय ठमेल मार्फत २०७९ अषाढ मसान्तसम्मको सम्पूर्ण रकम जम्मा गरिसकेको स्पष्ट पारेका छन् ।

वीर अस्पतालको स्वामित्वमा रहेका विभिन्न घर/टहराहरुलाई बहालमा लगाए बापतको १० प्रतिशत घर बहाल कर आन्तरिक राजस्व कार्यालय मार्फत सरकारको खातामा जम्मा गरेको बस्नेत प्रस्ट पारेका हुन् ।

 

काठमाडौं महानगरपालिकाले वीर अस्पताललाई बहाल कर बुझाउन भदौ २३ गते पत्र काटेको थियो । त्यसको विषयमा वीर अस्पतालले जवाफ फर्काएको हो । वीरले अस्पतालले बहाल कर तिरेको प्रमाण पेश गरेको हो । घर बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर वीर अस्पतालले संघीय सरकारको खातामा बुझाउदा महानगरको पत्र काटेको देखिन्छ । अस्पतालले पैसा तिरेपनि गलत ठाउँमा तिर्दा अहिले समस्या परेको हो ।

वीर अस्पतालले बहाल कर तिरेको प्रमाण

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com