वीपीका पदाधिकारी बर्खास्तीसहितको माग राखेर डा.केसी धनगढीमा अनशन बस्दै


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी बर्खास्तीको मागसहित आज धनगढीमा अनशन बस्दैछन् ।

डा. केसीका सहयोगी प्रीतम सुवेदीका अनुसार उनले आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेका हुन् । त्यसका लागि डा. केसी धनगढी पुग्न लागेका छन् ।  ‘सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न डा. केसी धनगढी जाँदै हुनुहुन्छ ।’, सुवेदीले भनेका छन् ।

डा. केसीले कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेर आज पाँच बजेबाट सत्याग्रह शुरु गर्न लागेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com