७२ लाखको स्वास्थ्य सामग्री लिएर पाकिस्तान गयो नेपाली टोली


काठमाडौं । विपदमा रहेको पाकिस्तानलाई सहयोग गर्न नेपाली प्रतिनिधिको एक टोली मंगलबार साझ पाकिस्तान प्रस्थान गरेको छ । करिब ७२ लाख बराबरको स्वास्थ्य सामग्री सहित अन्य सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल सहितको टोली पाकिस्तान गएको हो ।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले ७१ लाख ९८ हजार ८३२ रुपैयाँको स्वास्थय सामग्री सहयोग गरेको छ । गत जुलाई अगष्ट २०२२ मा परेको अविरल बर्षाका कारण पाकिस्तानमा आएको विनासकारी बाढीले ठुलो जनधनको क्षति भएको छ । क्षति पछि आवश्यक आवश्यक राहत सामग्री तथा औषधिहरु लिएर नेपाल एअरलाईन्सको चाटर्ड बिमान मंगलबार पाकिस्तान गएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको विशेष पहलमा पाकिस्तान सरकारलाई करिब २२ टन बराबरको राहत सामग्री पठाईएको छ । परराष्ट्रमन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयले १ लाख ट्यावलेट पारासिटामोल, जिवनजल २० हजार प्याकेट, कोभिड १९ परिक्षणका लागि एन्टिजेन किट २० हजार गोटा, केएन९५ मास्क ५० हजार गोटा, सेनिटाइजर १ सय लिटर, पन्जा २० हजार जोर पठाएको छ ।

पाकिस्तान पठाएका स्वास्थ्य सामग्री खुला रुपमा बजारमा बेच्न भने पाइने छैन । यी औषधिहरु ६ महिना सम्म प्रयोग गर्न मिल्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com