डेंगु सम्बन्धी विद्यालयमा सचेतना

महानगरका विद्यालयमा हरेक दिन डेंगुको लक्षण, रोकथाम र उपचार बारे जानकारी गराउनु पर्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले   राजधानीमा डेंगुको प्रकोप तिब्र गतिमा बढ्दै गएपछि विद्यालय केन्द्रित सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कानमा तेल हालेर बसेका बेला काठमाडौं महानगरपालिकाले सामुदायीक तथा सस्थागत सबै विद्यालयमा बिहान हरेक दिन प्रार्थनामा डेंगुको लक्षण, रोकथाम र उपचार बारे सचेतना कार्यक्रम गराउनु पर्ने बताएको छ ।

९ हजार बढि डेंगुका बिरामी पुगेका छन् । देशभर डेंगु बढ्दो क्रममा छ । यसको रोकथाम भनेको लामखुट्टेको टोकाइबाट बच्नु बाहेक अन्य विकल्प छैन । यसका लागि डेंगु लाग्ने कारण, लक्षण, उपचार र यसबाट बच्न अपनाउनु पर्ने उपायहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन सकेको खण्डमा आफु सजग हुनुका साथै घरघरमा अभिभावकहरुमा सचेतना पुग्ने र समुदायनै सचेत हुने महानगरकाे विश्वास छ । त्यसैले महानगरपालिकाले सबै सामुदायीक तथा सस्थागत विद्यालयमा हरेक दिन बिहान  प्रार्थनामा डेंगुको लक्षण, रोकथाम र उपचार बारे सचेतना कार्यक्रम गराउनु पर्ने बताएको हो ।

महानगरपालिकाका मेयर बालेन साहले डेंगुको प्रकोप बढ्दो अवस्थामा रहेको बताए । घरघरमा डेंगुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेंगु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ मेयर साहले भनेका छन् । डेंगुको प्रकोप रोक्नका लागि महानगरले केहि अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको मेयर साहको भनाइछ ।

वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरुमा रु ५० हजारका दरमा बजेट छुट्याइएको पनि मेयर साहले जनाकारी गराएका छन् । तर उक्त बजेट अपुग भएको उनको भनाईछ । उनका अनुसार महानगर मात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ उनले भनेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com