प्रेस काउन्सिलमा भोलि निःशुल्क स्वास्थ्य शिविर हुने


काठमाडौं । प्रेस काउन्सिल नेपालमा भोलि बिहान साढे ९ बजेदेखि ४ बजेसम्म वृहत्त निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सव तथा सविधान दिवसको अवसरमा प्रेस काउन्सिलले नेपालले आइतबार सञ्चारग्रामस्थित कार्यालयमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयसँगको सहकार्यमा उक्त वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको प्रेस काउन्सिल नेपालले जनाएको छ । सम्पूर्ण पत्रकार/सञ्चारकर्मी र परिवार समेतले स्वास्थ्य शिविरमा सेवा लिन सक्ने प्रेस काउन्सिलले जनाएको हो ।

उक्त स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा रोग, बाल रोग, दन्त रोग, इसिजी, भिडियो एक्सरे, ल्याबलगायतका सेवाहरू लिन सकिनेछ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com