संविधान दिवस

संविधानमा लेखिएपनि व्यवहारमा समान पहुँच नदेखिएको स्वास्थ्यको हक


काठमाडौं । नेपालको वर्तमान संविधान जारी भएको आज ८ वर्ष भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । उक्त संविधान जारी भएको अवसरमा सरकारले तामझामका साथ संविधान दिवस मनाउँदै छ । तर संविधानले ग्यारेन्टी गरेका स्वास्थ्यका मौलिक हक नागरिकलाई उपलब्ध गराउन भने सरकार चुकेको छ ।

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने उल्लेख छ । तर भीआईपीहरुलाई सानो रोग लाग्दा राज्यले उपचार खर्च दिने र विपन्नले स्वास्थ्य उपचारबाट बञ्चित भएर ज्यान गुमाउनु परिरहेको अवस्था छ ।

संविधान प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ । यो हक पनि देशका सबै भूगोलमा उपलब्ध हुन सकेको छैन । नर्भिक अन्तर्राष्ट्रिय अस्पताललगायतले निःशुल्क दिनु पर्ने १० प्रतिशत शय्या समेत उपलब्ध नगराउँदा समेत राज्य निरीह भएको छ । स्वास्थ्यको हकका हिसाबले यो संविधानको सफल कार्यान्वयन भएको देखिँदैन ।

प्रत्येक नागरिक स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकबाट समेत बञ्चित भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com