डा. केसीको स्वास्थ्य अवस्था जटिल, आज पनि वार्ता


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदो देखिन्छ । तर, उनको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन ।

डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित वार्ता टोली का सदस्य प्रीतम सुवेदीका अनुसार आज पनि सरकारसँग वार्ता हुँदैछ । स्वास्थ्य मन्त्रालयको टिमसँग आज १ बजेदेखि वार्ता सुरू हुने उनले जानकारी दिए । आजको वार्ताबाट केही सकारात्मक परिणाम आउनेमा सुवेदी आशावादी छन् ।

डा. केसीले सत्याग्रह सुरु गरेको आठौं दिन पुग्दा पनि निकाशका लागि सरकार तत्पर नहुनेले चिकित्सा शिक्षा सुधारमा संवेदनशील छैन भन्ने स्पष्ट हुन्छ । अब डा. केसीको स्वास्थ्य अवस्थाको विषयमा सरकार संवेदनशील नभए उनका समर्थनहरु सडकमा उत्रिने अवस्था देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #आमरण अनसन, #डा. गोविन्द केसी, #प्रीतम सुवेदी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com