सरकार र डा. केसीका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता जारी


काठमाडौं । सरकार र चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता जारी छ । सेती प्रादेशिक अस्पतालमा आमरण अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बेला यता सिंहदरबार निर्णायक वार्ता भइरहेको हो ।

डा. केसीले चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न माग राखेर सत्याग्रह सुरू गरेको आज नौं दिन भइसकेको छ । आजको वार्ताबाट निकास निकाल्न दुबै पक्ष कसरतमा जुटेका छन् । डा. केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भइरहेको डा. केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका प्रितम सुवेदीले बताए ।

सुवेदीका अनुसार सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट प्रम कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, शिक्षा सचिव रामकृष्ण सुवेदी रहेका छन् । डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. विष्णु पोखरेल, डा. लिजन महर्जन, प्रितम सुवेदी र ओम प्रकाश अर्याल वार्तामा सहभागी छन् । त्यस्तै नेपाल चिकित्सक संघ (एनएमए)का तर्फबाट डा. अनिल बिक्रम कार्की प्रधानमन्त्री कार्यलयमा जारी वार्तामा सहभागी रहेको सुवेदीले जनाए ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com