दोस्रो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन

सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकाेस्: स्वास्थ्यमन्त्री खापुङ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले दोस्रो एनएमए राष्ट्रिय स्वाथ्य सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकाेस् भन्ने धारणा राखेका छन् । नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट)मा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन् ।

सम्मेलनले राज्यको नीति निर्माणमा सहयोग पुग्नेछ भन्ने पनि स्वास्थ्यमन्त्री खापुङले विश्वास व्यक्त गरेका छन् ।स्वास्थ्यकर्मीकाे जिम्मेवारीप्रति चित्तबुझ्दो नभएको अनुभूति गरेकाे समेत उनले सुनाए ।

स्वास्थ्यमन्त्री खापुङले मुलुको संघीयता अभ्यासका क्रमममा रहेको भन्दै सम्मेलनले यो अभ्यासलाई सार्थकता र नीति निर्माणमा सहयोग पुग्ने गरी निष्कर्ष निकाल्ने विश्वास लिएका हुन् । चिकित्सक र अरु सबै समान हुन् भन्दै उनले काेही सानाे ठूलाे नभएको तर्क गरेका छन् ।

सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकेको खण्डमा उपलब्धि हुने स्वास्थ्यमन्त्री खापुङको धारणा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट), #स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com