डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, सरकारको आलटाले नीति


काठमाडौं । १० औं दिनदेखि आमरण अनसनमा बसिरहेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

डा. केसीको थप र सुविधा सम्पन्न अस्पतालमा उपचार नहुने हो भने ज्यान जोखिममा पर्ने अवस्था समेत रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।उनको पेटमा गम्भीर समस्या देखिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकार संवेदनशील बन्न सकेको देखिँदैन । सरकारले उनको माग सम्बोधन गर्न आलटाल गरिरहेको छ ।

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार भएको वार्ताले पनि ठोस निर्णय लिन सकेको छैन । वार्तामा दुबै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुदाँहरुकोबारेमा छलफल भएको वार्ता टोलीका सदस्य प्रितम सुवेदीको भनाइ छ । आज वार्ता निष्कर्षमा पुग्न नसके डा. केसीको स्वास्थ्य झन् गम्भीर अवस्थामा पुग्ने देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com