यी हुन् शिक्षक सेवा आयोगको अध्यक्ष बन्ने प्रतिस्पर्धामा रहेका सचिव र पूर्वसचिव
काठमाडौं। शिक्षक सेवा आयोगको अध्यक्ष बन्न आधा दर्जन विशिष्टहरू प्रतिस्पर्धामा देखिएका छन्। एक बहालवाला र पाँच पूर्वसचिव शिक्षक सेवा आयोगको अध्यक्ष बन्ने प्रतिस्पर्धामा उत्रिएका हुन्।
शिक्षक सेवा आयोगको अध्यक्षका लागि बहालवाला सचिव डा. रोजनाथ पाण्डे, पूर्वसचिवहरू मधुसूदन अधिकारी, रघुराम विष्ट, डा. हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारी प्रतिस्पर्धामा देखिएका छन्। यिनीहरूमध्ये यादवप्रसाद कोइराला र सुरेश अधिकारी शिक्षा मन्त्रालयको सचिव भइसकेको हुन् भने लम्साल शिक्षा प्रशासनतिरको सहसचिव हुँदै सचिव बनेर अवकाशमा गएका हुन्।
शिक्षाको उपसचिव हुँदै खुला प्रतिस्पर्धाबाट संसद् सेवामा प्रवेश गरेका डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएको ४ वर्ष पुग्न लागेको छ। उनले पदमा छदै शिक्षक सेवा आयोगको अध्यक्ष बन्ने आकांक्षा देखाएका छन्।
नापी विभागको महानिर्देशक हुँदै प्राविधिक सचिव बनेका मधुसूदन अधिकारीले पनि शिक्षक सेवा आयोगको अध्यक्षमा दाबी गरेका छन्। सहरी विकास र भौतिक पूर्वाधार जस्ता मन्त्रालयको सचिव चलाइसकेका अधिकारी शिक्षक सेवा आयोगको अध्यक्षको प्रतिस्पर्धामा देखिएका हुन्।
छोटो समय गण्डकी प्रदेशको प्रमुख सचिव र महालेखा नियन्त्रक बनेका रघुराम विष्ट शिक्षक सेवा आयोगको अध्यक्ष बन्ने दौडधुपमा रहेका छन्। सचिवबाट अवकाश भएपछि उनी सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष भए। बालेन सरकारले पदमुक्ति गरेका विष्ट सहकारी नियमन प्राधिकरणदेखि शिक्षक सेवा आयोगसम्म भिडिरहेका छन्।
सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको प्रमुख सचिव, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय हुँदै घर गएका थिए। शिक्षा मन्त्रालयमा सहसचिवको भूमिकामा लामो समय काम गरेका लम्साल शिक्षक सेवा आयोगको अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका हुन्।
पूर्वशिक्षा सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश अधिकारी शिक्षक सेवा आयोगको अध्यक्ष बन्ने प्रतिस्पर्धामा छन्। स्वास्थ्य सचिव हुँदा कोइराला ओम्नी काण्डमा मुछिएका थिए। स्वास्थ्य, पर्यटन, सामान्य जस्ता मन्त्रालयको सचिव भएका कोइराला ओम्नी कै कारण विवादमा परे। उनी अहिले शिक्षक सेवा आयोगको अध्यक्ष बन्न लागिपरेका छन्। संसद्को समेत अनुभव लिएका पूर्वसचिव सुदेश अधिकारीलाई शिक्षक सेवा आयोगको बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
शिक्षक सेवा आयोगको सदस्यका प्रतिस्पर्धीहरू


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस