वीर अस्पताल अगाडिको अनधिकृत संरचना हटाउन महानगरको डोजर आइपुग्यो


काठमाडौं । वीर अस्पताल अगाडिको अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर आइपुगेको छ ।

वीर अस्पताल अगाडि निजी फार्मेसी सञ्चालनमा रहेको अनधिकृत संरचना हटाउन महानगरको डोजर आएको हो । बगैंचा रहने भनिएको ठाउँमा वीर अस्पतालले अनधिकृत संरचना खडा गरेर फार्मेसीलाई भाडामा लगाएको पाइएपछि महानगरले डोजर लागउन लागेको हो ।

महानगरले हिजो २४ घण्टाभित्र अनधिकृत संरचना हटाउन वीर अस्पताललाई अल्टिमेटम दिएको थियो । वीर अस्पतालले २४ घण्टा बित्दा पनि अनधिकृत संरचना नभत्काएपछि महानगरको डोजर आएको हो । महानगरको डोजर आउने भएपछि फार्मेसी सञ्चालकहरूले बिहानैदेखि  औषधिलगायतका सामान सार्न थालेका थिए । ती फार्मेसी पसल सञ्चालन भएको अनधिकृत संरचनामा महानगरको डोजर लाग्न लागेको हो । त्यसका लागि डोजर तयारी अवस्थामा राखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com