अन्तत: वीर अस्पतालले फार्मेसीलाई भाडामा लगाएको अवैध संरचनामा महानगरको डोजर चल्यो


काठमाडौं । अन्तत: वीर अस्पतालले फार्मेसीलाई भाडामा लगाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ । बगैंचा बनाउनु पर्ने ठाउँमा वीर अस्पतालले टहरा बनाएर औषधि फार्मेसीलाई भाडामा दिएपछि महानगरको डोजर चलेको हो ।

काठमाडौं महानगरपालिकाको डोजरले वीर अस्पताल अगाडि बनेका सबै अनधिकृत संरचना ध्वस्त बनाइदिएको छ । वीर अस्पतालले उक्त अनधिकृत संरचना आधा दर्जन बढी फार्मेसीलाई भाडामा लगाएको थियो । महानगरपालिकाले ती अवैध संरचना हटाउन वीर अस्पताललाई हिजै २४ घण्टे अल्टिमेटम दिएको थियो । २४ घण्टामा पनि वीरले अनधिकृत संरचना नहटाएपछि  आज महानगरले डोजर लगाएको हो ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनामा डोजर लगाउने कामलाई तीब्रता दिएको छ । वीर अस्पतालको अनधिकृत संरचनामा मात्र होइन नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बनाएको अनधिकृत संरचनामा पनि डोजर लगाउने महानगरको तयारी छ । महानगरले नर्भिकमा कुनैपनि बेला डोजर लगाउन सक्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य लाइभलाई स्पष्ट पारे ।

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, #काठमाडौं महानगरपालिका, #डोजर, #नर्भिक अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com