पूर्व स्वास्थ्यमन्त्री यादवको पार्टी गठबन्धनबाट बाहिरिन लागेको हो ?


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी(जसपा) नेपाल, पाँच दलीय सत्ता गठबन्धनबाट आउट हुन खोजेको छ । सिट बाँडफाँडमामा असन्तुष्टि जनाउँदै जसपा गठबन्धनबाटै बाहिरिन लागेको हो ।

जसपका प्रवक्ता  मनिष कुमार सुमनका अनुसार अन्य दलसँग पनि तालमेल गरेर अघि बढ्ने कार्यकारिणी समितिले निर्णय गरेको छ । कसैसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको समेत उनको भनाइ छ । यसले पूर्व स्वास्थ्यमन्त्री यादवको पार्टी जसपा- नेपाल एक्लै चुनावमा जाने मनस्थितिमा पुगेको देखिन्छ ।

‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सीट बाँडफाँडसम्बन्घी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सीटको तालमेल गर्न सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ।’, जसपा- नेपाल प्रवक्ता मनिष कुमार सुमनले जारी गरेका प्रेस नोटमा उल्लेख छ । उक्त निर्णयले जसपा- नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिन लागेको चर्चा भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com