स्वास्थ्यकर्मीको दसैँ रौनक (तस्वीरमा)


काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीको दिन आफन्त र मान्यजनहरुबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिदैंछ ।

विजया दशमीको दिन आज स्वास्थ्यकर्मीहरुले पनि उल्लासमय रुपमा टीका र आशिर्वाद थापिरहेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने भोली टीका लगाउँदैछन् । टिकाको दिन हजुरबुबाको तिथि परेकाले उनको टीका भने एक दिन पर सरेको हो । त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको पनि आफन्तको निधन भएकाले दसैँको टीका पर्सी मात्र लगाउने कार्यक्रम छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारी निवासमा ९३ वर्षीय आमाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले बुबा तारा प्रसाद देवकोटा र आमा सिता देवकोटाको हातबाट टीका, जमरा र आशिर्वाद थापेका छन् ।

स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा प्रमुख डा. सर्वेश शर्माले पनि आमाको हातबाट टीका ग्रहण गरेका छन् ।

त्यस्तै कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पनि आमाको हातबाट टीका, जमरा लगाउँदै आशिर्वाद थापेका छन् ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com