स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. लोहनी आजबाट घर जाँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव (१२ औं तह ) डा. गुणराज लोहनी आजबाट घर जाने भएका छन् ।

स्वास्थ्य सेवाको ६० वर्षे उमेर हदका कारण डा. लोहनी आजबाट अनिवार्य अवकाश पाउन लागेका हुन् । स्वास्थ्य मन्त्रालयले डा. लाेहनीलाई  बिदाइ गर्ने कार्यक्रम राखेकाे छ ।लाेहनी स्वास्थ्य क्षेत्रका एक नक्षत्र भएको कतिपयको टिप्पणी छ । तर, कोरोनामा मरिमेटेर काम गर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका करारका कर्मचारी हटाएपछि उनी विवादमा तानिएका थिए । निकै हक्की स्वभावका लाेहनी आर्थिक अनियमिततामा भने खासै विवादमा आएनन् ।

एनजीओ/ आईएनजीओ संरक्षणमा डा. लोहनीको भूमिका रहँदै आएको स्वास्थ्य मन्त्रालयमा चर्चा छ । माओवादी केन्द्रकाे सदस्य समेत रहेका लाेहनीले बालकदेखि बृद्धअवस्थासम्मका व्यक्तिलाई दाइ भनेर सम्बाेधन गर्छन्। दाइ भनेर सम्बोध गर्दा धेरै अचम्मित हुन्थे तर त्याे उनकाे सानैदेखिकाे स्वभाव भएको उनी निकटहरू सुनाउँछन् ।

पछिल्लाे समय बाह्रौं तह भएपछि आफू पनि सचिवसरह हाे भन्दै केही फायल सचिवलाई बाइपास गरेर मन्त्रीसमक्ष पुर्याएकाे रंगेहात फेला पारेपछि कर्मचारी अलिकति उनीसँग चिढिएका छन् । माओवादी केन्द्र निकट कर्मचारीलाई च्याप्ने गरेको उनीमाथि अर्को आरोप छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. लोहनीको कार्यकाल समग्रमा राम्रो रहेको छ । उनले शानदार रुपमा अनिवार्य अवकाश पाएका छन् ।

यसअघि भदौमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले अवकाश पाइसकेका छन् । उनले अतिरिक्त सचिवको हैसियत भने पाउन सकेनन् । स्वास्थ्यमा ४ जना अतिरिक्त सचिवको दरबन्दी रहेको छ । डा. यादव र लोहनीले अवकाश पाएपछि २ वटा अतिरिक्त सचिवको दरबन्दी रिक्त भएको छ । डा. दीपेन्द्ररमण सिंह र डा. संगीता कौशल मिश्रा अतिरिक्त सचिवको भूमिकामा रहेका छन् । लोहनी र यादवको ठाउँमा एघारौं तहबाट नयाँ अतिरिक्त सचिव आउने बाटो खुला भएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. गुणराज लोहनी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com