डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।
केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com