..जब डा. भोजराज अधिकारीको भाबुक भिडिओ टिकटकमा भाइरल बन्यो


काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका डा. भोजराज अधिकारीको भाबुक भिडिओ अहिले टिकटकमा भाइरल बनेको छ । नेपाली कांग्रेससहितको सत्ता गठबन्धनका साझा उम्मेदवार डा. अधिकारीको उक्त भिडिओले अहिले सामाजिक सञ्जाल तताएको छ ।

माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका डा. अधिकारीले चुनावी भाषणमा भाबुक बनेको भिडिओ आफ्नै टिकटकमा हालेका छन् । लफाङ्गाको, गरिबको, किसानको व्यथा मलाई राम्रोसँग थाहा छ त्यस कारण साथीहरू तपाईंहरुलाई लालपूर्जा मिल्छ,मंसिर, मंसिर ४ गतेपछि, मंसिर ४ गतेपछि भन्दै उनी भाबुक बनेको भिडिओ टिकटकमा भाइरल बनेको हो । डा. अधिकारीले आँखाबाट आँसु झार्दै लालपूर्जा मंसिर ४ गतेपछि लालपूर्जा दिने आश्वासन समेत देखाएका छन् । तर उनले उक्त कुरा पूरा भन्न नसकेर भाबुक बनेको भिडिओ टिकटकमा हालेका छन् ।

अघिल्लो निर्वाचनमा डा. अधिकारी चुनाव उठेको उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लडेर विजयी भएका थिए । यसपटक प्रचण्ड गोर्खाबाट चुनाव उठ्ने भएपछि भरतपुर अस्पतालमा कार्यरत डा. अधिकारीले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा टिकट पाएका छन् । उनलाई एमालेको समर्थन प्राप्त नेपाली कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले टक्कर दिने देखिन्छ । डा. अधिकारीको भाबुक भिडिओले उनलाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइदिएको छ ।

आँसु बिक्ने नेपालमा डा. अधिकारीको आँसुले पनि राम्रै ठाउँ पाएको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस-एमाले, #टिकटक, #डा. भोजराज अधिकारी, #दिनेश कोइराला, #भाइरल, #माओवादी केन्द्र चितवन-३

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com