ओनसरी र मणिरामलाई चुनौती दिँदै स्वास्थ्य सरोकारकी प्रस्तोता सोबिता


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चुनौती दिने अवस्था आएको छ ।

नेपाल टेलिभिजमा स्वास्थ्य सरोकार कार्यक्रम सञ्चालन गर्ने सोबिता चुनावी मैदानमा खडा भएसँगै ओनसरी र मणिराममाथि चुनौती थपिएको छ । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेवार बनेकी उनलाई दुबै उम्मेदवारले प्रतिस्पर्धीको रुपमा हेरेका छन् ।

अधिवक्ता समेत रहेकी सोबितालाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएसँगै युवा, स्वतन्त्र र सुशासनमा विश्वास गर्ने मतदाताले उपयुक्त विकल्प पाएको चर्चा हुन थालेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार नहुनु, माधव नेपालले रौतहट रोज्नु, ओसनरीलाई मतदाताले नरुचाउनु र मणिरामलाई युवा पुस्ताले विश्वास नगर्नुले त्यसको फाइदा सोबिताले लिने आकलन गर्न थालिएको हो । प्रखर वत्ता र सुशासन र कानुनी राज्य कायम गराउन भूमिका खेल्ने स्पष्ट एजेण्डाका साथ मैदानमा खडा भएकी सोबिताको माहोल बन्दै गएको देखिन्छ ।

सोबितासँगै राप्रपाबाट कुन्तीदेवी पोखरेल पनि चर्चा छ । तर क्षेत्र नम्बर २ का मतदाताले विकल्प खोज्ने सम्भावना उत्तिकै रहेकाले उक्त क्षेत्रमा अनपेक्षित नतिजा आउन सक्ने मतदाताहरू बताउँछन् । पछिल्लो समय सोबिताको चर्चा र सक्रियता ह्वातै बढेकाले पनि काठमाडौ-२ को मतपरिणाम उलपुलट हुन सक्ने सम्भावना बढेको हो ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com