राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ बजेसम्म मात्रै नमूना संकलन गर्ने


काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ बजेसम्म मात्रै नमूना संकलन गर्ने भएको छ ।

आजबाट कार्यालय समय छोटिएकाले बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म नमूना संकलनको काम गरिने प्रयोगशालाले जनाएको छ । शुक्रबार भने बिहान ८ बजेदेखि १२ बजेसम्म मात्र नमूना संकलनको काम हुने प्रयोगशालाले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कोभिड-१९ को विलिङ तथा नमूना संकलनको काम भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ  । शुक्रबार भने बिहान ९ बजेदेखि साढे १२ बजेसम्म कोभिड-१९ को विलिङ तथा नमूना संकलनको काम हुने प्रयोगशालाको सूचनामा उल्लेख छ ।

त्यस्तै रिपोर्ट वितरणको काम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । शुक्रबार रिपोर्ट वितरण बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने प्रयोगशालाले जनाएको छ ।

कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूना संकलन र रिपोर्ट वितरणको समय हेरफेर गरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com