प्रदीप पौडेल पूर्व स्वास्थ्य सचिव शर्मासहितका विज्ञहरूसँग 


काठमाडौं । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेल पूर्व स्वास्थ्य सचिव सुधा शर्मासहितका विज्ञहरूसँग राय परामर्श लिएका छन् । उनले स्वास्थ्य, शिक्षा, कला, संस्कृति, अर्थतन्त्र, समग्र आर्थिक विकास र समृद्धिको विषयमा विज्ञहरूसँग छलफल गरेका हुन् ।

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका पौडेल विभिन्न क्षेत्रका ख्याति प्राप्त विज्ञहरूलाई बोलाएर ५ नम्बर क्षेत्रको समग्र विषयमा परामर्श लिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का लोकतान्त्रिक बृद्धिजीवी तथा पेसाकर्मी समूहसँग गरिएको विशेष साक्षात्कार कार्यक्रममा पौडेललाई पूर्व स्वास्थ्य सचिव शर्मा, अर्थविद् डा. स्वर्णिम वाग्ले, निर शाहलगायतले आ आफ्नो क्षेत्रबाट राय सुझाव दिएका थिए ।

 

पौडेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनले विज्ञहरूसँग गरेको यो भेलालाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com